काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे सरकारलाई जवाफ दिन रुलिङ भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखले रुलिङ गरेका हुन् ।
Advertisement
बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे सरकारसँग जवाफ मागेको थियो । यससँगै सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् ।
‘माननीय सदस्यले उठाउनु भएको विषय (पेट्रोलियम पदार्थको मूल्य वृद्धि)मा मेरो पनि ध्यानाकर्षण भएको छ, सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु, यस विषयमा सरकारलाई सत्य तथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्दछु,’ सभामुख सापकोटाले भने ।
नेपाल आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा १९९ र डिजेलमा १९२ रुपैयाँ बनाएको थियो ।