काठमाडौं- नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ।
Advertisement
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई काठमाडौं तिलगंगा बस्दै आएका अनिल ठाकुरलाई गएराति पक्राउ गरेको हो।
लागूऔषध मुद्दामा म्याद थपका लागि अदालत लगिएका उनी झुक्याएर फरार भएका थिए। काठमाडौं परिसरका एसपी दिनेशराज मैनालीका अनुसार उनलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको हो।
अदालतबाट फरार भएसँगै काठमाडौं प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी खोजी थालेको थियो। ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।