काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले हरेक आइतबार काठमाडौँबासीसँग प्रत्यक्ष भेट्ने घोषणा गरेका छन् ।
Advertisement
महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले यस्तो घोषणा गरेका हुन् । बालेन्द्रले ‘जनतासँग मेयर’ नाममा हरेक आइतबार जनतासँग प्रत्यक्ष कुराकानी गर्ने बताएका हुन् ।
यो कुन विधिबाट हुन्छ भन्ने उनले खुलाएका छैनन् । मेयर निर्वाचित भएसँगै उनले काठमाडौँवासीले फोनमार्फत आफ्नो गुनासो तथा सुझाव दिन सक्ने गरी हटलाइन सञ्चालनमा ल्याएका थिए ।