काठमाडौं– रूपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्ष आशा सिंहका देवरको दुर्घटनामा परेर मृत्यु भएपछि गाउँपालिकामा बिदा दिएको छ।
Advertisement
गाउँपालिका कार्यालय, सबै वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय र अन्य संघसंस्थासमेत आइतबार बन्द गरिएको छ ।
उपाध्यक्ष र वडा नम्बर ५ का अध्यक्षको परिवारमा शोक परेकोले आज बिदा दिइएको सूचनामार्फत गाउँपालिकाले जानकारी दिएको छ ।
