काठमाडौं– नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई महानिरीक्षक बढुवाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बहस जारी छ।
Advertisement
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा बहस भइरहेको हो। सिंहलाई आईजीपी बनाउने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले रिट दायर गरेका थिए।
यस्तै, एआईजी बढुवाविरुद्धको मुद्दामा पनि सोही इजलासमा सुनुवाइ भइरहेको छ।