भुटानी शरणाथी नेता डा.भम्पा राईको निधन भएको छ । ७५ वर्षीय राईको आइतबार बिहान पौने ३ बजे विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।
Advertisement
तीन दशकदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राई दमकमा एक्लै बस्दै आएका थिए । दुई वर्षअघि पत्नि उर्मिलाको निधन भएको थियो।