कर्णालीको जीवन चित्र समेटिएको उपन्यास ‘तुइन’का लेखक सुरेश प्राञ्जलीले आफ्नो अर्को कृति ‘पानीघट्ट’ ल्याएका छन्।
Advertisement
नयाँ उपन्यास ६ असार सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण हुँदैछ। ‘पानीघट्ट’को प्रकाशन फाइनप्रिन्टले गरेको हो। लेखक प्राञ्जलीको यो दोस्रो कृति हो।
पहिलो कृति ‘तुइन’मा सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा जुम्लाको आर्थिक–राजनीतिक पक्षहरूलाई खोतल्दै औपन्यासीकरण गरिएको थियो। लेखक प्राञ्जलीका अनुसार नयाँ उपन्यास ‘पानीघट्ट’मा गण्डकी भेगको ‘लाहुरे’ परम्परा र रोधी संस्कृतिलाई समेटिएको छ। उपन्यासमा लेखकले गण्डकी आञ्चलिकता जस्ताको तस्तै उतार्ने प्रयास गरेका छन्।
‘गण्डकीको आञ्चलिकतालाई मुलधारमा अझ प्रखर रूपमा लिएर आउने प्रयास गरेको छु,’ लेखक प्राञ्जलीले भने, ‘रोधी संस्कृतिको सांस्कृतिक मूल्य खोतल्ने प्रयास गरेको छु।’