काठमाडौँ । शुक्रबार दुई घण्टाका लागि खोलिएको सेयर बजार परिसूचक नेप्से ७ अंकले घटेर बन्द भएको छ । आज नेप्से सूचक ७.५७ अंकले घटेर १९ सय ७१.३६ अंकमा पुगेको हो ।
Advertisement
आज कारोबार रकमसमेत ७३ करोड ६२ लाख रुपैयाँ बराबरको मात्र भएको छ । बजार बिहान ११ बजेदेखि १ बजेसम्म मात्रै खुलेको थियो ।
सरकारले गत जेठ महिनाभर टेस्टिक पिरियडको रुपमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएसँगै सेयर बजार हप्तामा पाँच दिन मात्रै खुल्ने गरेको थियो । सरकारले पुनः आइतबारको बिदा खारेज गरेसँगै नेप्सेले आज बजार खुल्ला गर्ने निर्णय गरेको थियो ।
पहिलो दिनमै ७ अंक माथिले नेप्से घटेको हो । आज म्युचुअल फण्डबाहेक सबै उपसूचक ऋणात्मक भएका छन् ।