काठमाडौँ । तीन कक्षामा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
Advertisement
रुरुक्षेत्र गाउँपालिका ३ थानपतीको प्रतिभा आधारभूत विद्यालयका एक जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अभिभावकले यौन दुर्व्यवहार गरेको जाहेरी दिएसँगै शिक्षक पक्राउ परेका हुन् ।
ती शिक्षकले तीन कक्षामा अध्ययनरत विद्यार्थीलाई विद्यालय समयमै यौनजन्य क्रियाकलाप गरेको आरोप छ ।