कञ्चनपुर- पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट १ ग्राम १८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, ५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट, नगद १२ हजार १८५ रुपैयाँ र ३७० भारतीय रुपैयाँ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरूमा कैलाली लम्कीचुहा नगरपालिका-९ बस्ने २१ वर्षीय बिशाल बादी र सोही नगरपापक्राउ पर्नेहरूमा कैलाली लम्कीचुहा नगरपालिका-९ बस्ने २४ वर्षीय कमल बादी, सोही ठाउँ बलिका-३ बस्ने २५ वर्षीय ओकेन्द्र बादी रहेका छन् । उनीहरुलाई भारतबाट नेपालतर्फ आउँदै गरेका ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।