काठमाडौँ । प्रहरी हिरासतमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीको स्वास्थ्य परीक्षण गरिएको छ । अस्पतालका अनुसार जाँचका क्रममा उनलाई डिप्रेसनको लक्षण देखिएको छ ।
Advertisement
राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे प्रदेश अस्थायी राजधानी बुटवल लगिएको थियो । बुटवल जाँदै गर्दा वलीले ‘एकराज खोई ?’ भन्दै बर्बराएकी थिइन् ।
स्रोतका अनुसार विमला अर्धचेत अवस्थामा पुगेसँगै राति नै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको हो । उनलाई राति नै उपचार सुरू गरिएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
उनलाई अर्धचेत अवस्थामा राति अस्पताल लगेर जाँच गर्दा ब्लड प्रेसर र सुगरको समस्या देखिएको छ ।