• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

सशस्त्र प्रहरीको नियमावली संशोधनबाट एसएसपी बढुवा हुन चाहने एसपीहरूलाई लाभ


    Avatar photo
मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा निकट एक कामू वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई एक नम्बरमा ‘कन्फर्म’ एसएसपी बनाउन सशस्त्र प्रहरीको नियमावली संशोधनको विषय अहिले विवादमा छ। तर, त्यसको लाभ एसएसपी बन्न चाहने एसपीहरूलाई हुने देखिएको छ।

Advertisement

गृह मन्त्रालयले सशस्त्र प्रहरीमा एसएसपी बढुवा हुन चार वर्ष एसपीमा काम गरेको हालको व्यवस्था संशोधन गर्दै तीन वर्षमा झार्ने तयारी अगाडि बढाएको छ। त्यसका लागि अर्थ मन्त्रालयले पनि सहमति दिइसकेको छ।

खासमा, नियमावलीको यो संशोधन हाल कामू एसएसपी रहेका दीपेन्द्र कुँवरलाई ‘कन्फर्म’ एसएसपी बनाउन र वरियता क्रममा एक नम्बर ल्याएर महानिरीक्षक (आईजीपी) बनाउने योजनाअन्तर्गत भइरहेको सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन्। नेपाली हेडलाइनसँग सम्पर्कमा आएका अधिकांश अधिकृतले किन नियमावली संशोधन गर्न लागिएको हो भन्ने प्रश्नमा ‘दीपेन्द्र कुँवरलाई एक नम्बर वरियतामा कन्फर्म एसएसपी बनाउन’ भन्ने जवाफ दिए।

तर, उनीहरू आफैंले चार वर्षको साटो तीन वर्ष एसपी भएपछि एसएसपी बन्ने प्रावधानले सबै ब्याचलाई करिअरको सहज मार्ग दिने बताए।

शुरुमा नेपाल प्रहरी र नेपाली सेनाबाट एक पद बढुवा गर्दै ल्याइएका अधिकृतलगायत दर्जालाई समेटेर १ माघ ०५७ मा सशस्त्र प्रहरी गठन भएको थियो। सशस्त्र प्रहरीले २६ कात्तिक ०५९ मा पहिलोपटक नौजना इन्स्पेक्टर भर्ना लिएको थियो। यस्तै, सोही वर्ष २९ चैतमा ७० जना इन्स्पेक्टर सशस्त्रमा भर्ना भएका थिए। पहिलो ब्याचका नौजना ३० जेठमा कन्फर्म एसएसपी बनेका छन्। दोस्रो ब्याचका ३४ जना कामू एसएसपी छन्। पहिलो ब्याचका नौजना पनि कामू एसएसपी थिए। उनीहरूलाई कामू एसएसपी बनाउनुको कारण थियो, एसपीमा चार वर्ष पदावधि नपुग्नु।

दुवै ब्याचका ती अधिकृतले करिब तीन वर्ष मात्र एसपी बन्न पाएका थिए। कारण– उनीहरू डेढ दशकभन्दा लामो समय डीएसपीमै रहन बाध्य भए, माथिल्लो ¥यांकका अधिकृतहरू अवकाशमा जान समय लागेकाले। नियमावली संशोधन गरेर एसएसपी बन्न तीन वर्षको प्रावधान मात्र राखियो भने दोस्रो ब्याचका हाल एसपी रहेका अधिकृतहरूलाई पनि एसएसपीको दरबन्दी खाली हुनासाथ बढुवा हुने बाटो खुल्नेछ। त्यसका लागि उनीहरूले ‘कामु’ दर्जामा रहनुपर्ने छैन।

दोस्रो ब्याचका ३६ जना अधिकृत अहिले पनि एसपी छन्। अहिले सशस्त्र प्रहरीमा दुई एसएसपीको दरबन्दी खाली छ। उक्त दरबन्दीमा बढुवा हुन २० जना एसपीहरू प्रतिस्पर्धामा छन्। पदावधिको प्रावधान चारबाट तीन वर्षमा झारियो भने एसपीबाट सीधै एसएसपी बन्न पाउने छन्, दुई अधिकृतले। नत्र फेरि कामू एसएसपीमै काम गर्नुपर्नेछ, केही समय।

कामु एसएसपी दीपेन्द्र कुँवरलाई कन्फर्म बनाउन भइरहेको यो चलखेलको परिणाम भने सकारात्मक आउने आकलन गर्न सकिन्छ। अहिले एक नम्बर वरियतामा बढुवा हुँदैमा उनी भविष्यमा पनि डीआईजी र एआईजी पनि एक नम्बरमै बढुवा भएर आईजीपीका तयार हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन।

मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.