काठमाडौँ । आज सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबार सुनको मूल्य तोलामै १८ सय रुपैयाँले घटेको छ ।
Advertisement
सोमबार प्रतितोला तीन सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज थप १८ सय रुपैयाँ घट्दै ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १८ सय रुपैयाँले नै घट्दै ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य अघिल्लो दिनको मूल्यमा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।