काठमाडौं– जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको प्यानल निर्वाचित भएको छ ।
Advertisement
आइतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गणेश विकले १० मत प्राप्त गरे । एक मत खाली रहेको थियो । यहाँ कांग्रेस र समाजवादी तथा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।
बाह्र स्थानीय तह रहेको सिन्धुपाल्चोकमा जिसस निर्वाचनका लागि कूल २४ मतदाता रहेका छन् ।