काठमाडौं– भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् ।
Advertisement
पार्टी प्रवक्ता रणदीप सुरजेवालाले कोभिडको समस्या देखिएपछि आइतबार दिल्लीको गंगाराम अस्पतालमा भर्ना गरिएको जनाएका छन् । उनले गान्धीको स्वास्थ्य स्थिर रहेको र उनलाई अस्पतालको निगरानीमा राखिएको बताए ।