काठमाडौं– जिल्ला समन्वय समिति रोल्पाको प्रमुखमा सीता आचार्य निर्वाचित भएकी छन्।
Advertisement
आइतबार सम्पन्न निर्वाचनबाट प्रमुखमा नेकपा माओवादी केन्द्रकी आचार्य र उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका हुन्।
समन्वय समितिको सदस्यमा नेकपा माओवादी केन्द्रको तर्फवाट ईन्द्रबहादुर रोका, केवल प्रसाद घर्ती र शेरवहादुर पुन निर्वाचित भएका छन्।
दलित वा अल्पसंख्यक सदस्यमा नेकपा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छिन । महिला सदस्यमा सोही पार्टीका जीतकुमारी विक, मीना सुनार र शर्मिला पुन मगर निर्वाचित भएका छन् ।