काठमाडौं- धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङले कार्यभार सम्हालेदेखि नै नगरको खानेपानीको समस्या समाधानलाई मुख्य प्राथमिकतामा राखेका छन्।
उनी आफैं कहिले पानीको मुहानमा पुगेर सरसफाइमा जुट्छन् त कहिले पानीको मुहान खोजी गर्दै हिँड्छन्। सोही दौडधुपमा आइतबार मोटरसाइकलमा उनी धरानको खानेपानीको मुहान खैरे खोला इलाकामा वर्षामा रुझ्दै पुगे।
सप्तकोशी नदीबाट पानी ल्याएर नगरमा वितरण गर्न केही समय लाग्ने भएकाले आफू त्यतिन्जेलका लागि मुहानको खोजीमा रहेको बताएका छन्। ‘हर्क साम्पाङ अ रेभोलुसन’ नामक फेसबुक पेजमा भिडियो सेयर गर्दै साम्पाङले खैरे खोलाको स्रोत प्रयोग गर्न सकिनेबारे अध्ययन गर्न त्यहाँ पुगेको उनले बताएका छन्।
एक्सनमा हर्क साम्पाङ : पानीको मुहानमै राखिदिए नगर प्रहरीको बिट
‘इन्जिनियरहरूलाई पठाउनुअघि आफैंले पहिले मुहान हेर्नु राम्रो हुन्छजस्तो लाग्छ, त्यसैले पानीमा रुझ्दै भए पनि यहाँ आइपुगेको हुँ। पानीले हैरान लगायो,’ उनले भनेका छन्। खैरे खोला धरानबाट करिब १५ किलोमिटर टाढा पर्छ।
‘खैरे खोलाबाट नगरमा पानी पुर्याउन धरानमा रहेको ब्रिटिस गोर्खा वेल्फेयर ट्रस्टसँग सहयोग माग्ने सोचमा छु,’ उनले भनेका छन्, ‘ट्रस्टसँग अनौपचारिक कुरा गरेको छु। नगरको पानी समस्या समाधानका लागि स्रोत थप्नैपर्ने बाध्यता छ।’
उक्त खोलामा पानीको प्रशस्त स्रोत फेला पारेका छन्, साम्पाङले। कलकल बगेको पानी देखेर उनी दंग देखिन्छन्, भिडियोमा।
धरानका मेयर हर्क साम्पाङले जहाँ कुटाई खाएका थिए, त्यहीँ पुगेर तस्करी रोके
धरानका मेयरको एक्सन : बजारमा गुणस्तरहीन वस्तुमाथि छड्के, विद्यालयमा ट्राफिक नियम