काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन शाहले डेढ वर्षभित्र काठमाडौं महानगरमा विद्युत तार ‘अन्डरग्राउन्ड’ गर्ने बताएका छन् ।
Advertisement
महानगर कार्यपालिकाको दोस्रो बैठकमा बोल्दै मेयर शाहले डेढ वर्षभित्र महानगरभित्रका तारहरु अन्डरग्राउन्ड गर्ने बताएका हुन् ।
‘विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तार अन्डरग्राउन्ड हुन्छ भन्ने प्रतिबद्धता दिनु भएको छ,’ उनले भने, ‘जुनमा महानगरको सहकार्य रहने छ।’
उनले महानगरमा देखिने ढल खानेपानी सडकका समस्या समाधान सबै निकायसँग सहकार्य गरिने बताए ।