• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

काठमाडौँको फोहोर व्यवस्थापनमा गगन थापाको प्रस्ताव, मन्त्री रामकुमारी र मेयर बालेनको गरे प्रशंसा


    Avatar photo
आइतबार, जेठ २९, २०७९ मा प्रकाशित

काठमाडौँ । गत शुक्रबार रातिदेखि काठमाडौँ महानगरपालिकाको फोहोर उठ्न थालेको छ । सरकार र सिसडोल तथा बञ्चेरेडाँडाको स्थानीयबासीबीच १८ बुँदे सहमति भएसँगै फोहोर उठ्न थालेको हो ।।

Advertisement

काठमाडौँ महानगरको फोहोर उठ्न थालेसँगै नेपाली कांग्रेसका सांसद गगन थापाले शहरी विकास मन्त्री रामकुमारी झाक्री र मेयर बालेन्द्र शाहको प्रशंसा गरेका छन् । ‘काठमाडौंबाट फोहोर उठ्न थालेको छ, यसका निम्ति काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय छ,’ उनले भने, ‘अब फेरि फोहोरको यस्तै संकट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नु पर्ने छ ।’

नेता थापाले आगामी दिनमा हुने फोहोर व्यवस्थापनका बारेमा ६ बुँदे प्रस्ताव पेश गरेका छन् । जुन यस प्रकारको छ ः

१, शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल बञ्चेरेडाँडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुहुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५ औँ सम्झौता हो । हरेकपटक संकट परेपछि यस्तो सम्झौता हुन्छ, तर कार्यान्वयन हुँदैन । त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ । यो स्वभाविक संशयलाई योपटक सम्झौता अक्षरस र भनेकै समय सीमाभित्र कार्यान्वयन गरेर चिर्नु पर्ने छ ।

२, यसका लागि संघीय सरकारले गर्ने भनी निर्दिष्ट गरिएको काम यसपटक एक ठाउँमा पनि नचुकी भनिएकै समयभित्र गर्न शहरी विकास मन्त्रालयको निरन्तर तदारुकता जरुरी छ । सम्झौतामा लेखिएका केही काम शहरी विकास मन्त्रालयभन्दा अन्य मन्त्रालयको क्षेत्राधिकारभित्र पर्छ । ती मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ । खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउन पर्छ । कानुन बमोजिम तोकिएपछि मानसिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम बिनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ ।

३, संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजीकरण समेत गर्न काठमाडौं, धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजीकरण समिति प्रस्तावित गरेका छौं । यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए नभएको अनुगमन गर्ने छौँ, कही अफ्ट्यारो परेमा सहजीकरण गर्ने छौँ । काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौँ । समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्ने छ ।

४, काठमाडौं महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रका लागि गर्ने भनी निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्ने नै छ । कतिपय विषय महानगरको एकल क्षेत्राधिकार भन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले का.म.न.पा.लाई सम्पूर्ण साथ दिनु पर्छ ।

५, फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि का.म.न.पा.सँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक छ ।

६, का.म.न.पा.ले श्रावण १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेको छ । सम्पूर्ण महानगरबासीले साथ दिएर यो अभियानलाई सार्थक बनाउनु पर्छ । का.म.न.पा.का सबै वडाहरूले किन्तुपरन्तु केही नभनी यो अभियानलाई सफल बनाउन असार महिनाभरि आफ्नो बडाभित्र नगरवासीलाई सुसुचित गर्नेलगायत सम्पूर्ण तयारी गर्नु पर्छ ।

यसरी हामी प्रत्येकले आजैबाट अहिल्यैबाट आआफ्नो जिम्मामा परेका काम गर्दै गयौँ भने फेरि १७६ औंपटक सम्झौता गर्नु पर्ने अवस्था आउँदैन । काठमाडौँ फोहोरको संकटबाट मुक्त हुन्छ ।

  • व्यवस्थापन
आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.