काठमाडौँ । विश्व चर्चित पपस्टार जस्टिन बिबरलाई प्यारालाइसिस भएको छ । उनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ प्यारालाइसिस भएको हो ।
Advertisement
प्यारालाइसिस भएपछि उनको अनुहारमा आधा भाग चल्न छाडेको छ । उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफ्नो कन्सर्टको सबै शो बन्द गर्नु परेकोसमेत जानकारी गराएका छन् ।
‘एक भाइरसको कारण मलाई खतरनाक रोग लागेको छ, यो भाइरस यति खतरनाक छ कि मेरो अनुहारको नशामा आक्रमण गरिरहेको छ,’ उनले भने, ‘यसकारण मेरो अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ ।’
भिडियोमा उनले आफ्नो अनुहार फ्यानलाई देखाएका छन् । उनले आफ्नो एक भागको आँखा झिम्काउन सकेका छैनन् । हास्दासमेत उनको एक भाग चलेको छैन ।