काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्रमा पानीको बहाव बढेको छ । बिहीबार मेलम्ची वडा नम्बर ७ र ११ जोड्नका लागि बनाइएको अस्थायी पुलमा समेत क्षति पुगेको छ ।
Advertisement
निरन्तरको वर्षापछि आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएपछि आवतजावतमा समस्या परेको छ । मेलम्ची क्षेत्रका ६ वटा वडाका नागरिक प्रभावित भएका छन् ।
अघिल्लो वर्षको असार १ गते आएको बाढीले यहाँ ठूलो जनधनको क्षति भएको थियो । यसपटक पनि स्थानीयबासीमा त्रास भएको छ ।