काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले आफ्नै पार्टीका नेताहरूप्रति आक्रोशित बनेका छन् । आफूले मन्त्री पद छाड्न नमानेको भन्दै हल्ला चलाएको भन्दै उनले नेताहरूप्रति आक्रोशित बनेका हुन् ।
उनले पार्टीभित्रका केही नेतालाई चिप्ले कीरा र चोरको संज्ञा दिएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले आफू मन्त्री पद छाड्न तयार रहेको बताएका थिए ।
‘हामी त्यहीबेला ६ महिनाका लागि मन्त्री भएको हो, तर अहिले त आठ महिना भइसक्यो, दुई महिना त ग्रेस मार्क पाइसक्यौं,’ उनले भने, ‘मैले अरुलाई दिनुस् खुसी हुन्छु भनेँ, तर हाम्रो पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले कीराहरू आलेले धेरै चलखेल गर्यो भनेर अन्तर्वार्ता दिइरहेका छन् ।’
मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गरेको बताए ।