काठमाडौं– भक्तपुरको लोकन्थलीमा दूधको ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
Advertisement
बाग्मती प्रदेश ०१–००४ क ०५८० नम्बरको ट्यांकरले प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिँदा चालक जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं–५ बस्ने वर्ष ४५ का नकुल थापाको मृत्यु भएको प्रहरी जनाएको छ ।
थापाको नागरिक अस्पताल ठिमीमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ट्याङकर र चालक भक्तपुर नगरपालिका वडा नं–२ ब्यासी बस्ने ३५ वर्षीय राजन ब्यान्जुलाई प्रहरीले पक्राउ गरेको छ ।