काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
Advertisement
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ छ ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आज १२ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।