काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको जनाएको हो ।
Advertisement
महासंघले आजको कारोबार मूल्य तोक्दै शुक्रबारको मूल्यमा ६०० ले घटेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएको छ ।