जनकपुर उपमहानगरको कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा कांग्रेसबाट ६ र नेकपा एमालेका २ उम्मेदवार निर्वाचित भएका छन्।
Advertisement
कार्यपालिका सदस्यमा कांग्रेसबाट राकेशबिक्रम साह तथा एमालेबाट सन्तोषकुमार महतो र दीपेन्द्रकुमार साह निर्वाचित भएका हुन्।
यस्तै, महिला सदस्यमा कांग्रेसका फूलकुमारी देवी, मनिषाकुमारी देवी, शारदा पन्त, शैलकुमारी चौधरी र सञ्जू देवी निर्वाचित भएका छन्।
नगरपालिकामा निर्वाचित भएका महिला सदस्यमध्ये पाँच महिला र बाहिरबाट तीन गरी आठ जनालाई कार्यपालिका सदस्यमा राख्ने प्रावधान छ।