गुजरातको बडोदरास्थित एक केमिकल कारखानामा बिहीबार राति भीषण आगलागी भएको छ ।
Advertisement
दीपक नाइट्राइट फ्याक्ट्रीमा भीषण विष्फोटसँगै आगलागी हुँदा हालसम्म सातजना अस्पताल भर्ना भएका छन् । कारखाना नजिकै बसोबास गर्ने ७ सय जनालाई उक्त स्थानबाट हटाएर सुरक्षित स्थानमा पठाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
दीपक नाइट्राइट फ्याक्ट्रीले विज्ञप्ति जारी गर्दै आफूहरूले अवस्थाको अनुगमन गरिरहेको र आफ्ना लागि कर्मचारी र वरपरका मानिसहरूको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण रहेको जनाएको छ।