काठमाडौँ । आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले वृद्धि भएको हो ।
Advertisement
आज छापावाल सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । आजको चाँदीको मूल्य १२ सय ९० रुपैयाँ प्रतितोला कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।