काठमाडौँ । राजा वीरेन्द्र शाहको सालिका राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जमा झडप भएको छ । वीरेन्द्रको वंश नाश भएको दिन आज नेपालगञ्जमा पूर्व राजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप भएको हो ।
Advertisement
नेपालगञ्जको धम्बोजी चोकमा राजाको सालिक राख्न आएको समूहलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । प्रहरीले सालिक राख्न नदिएपछि प्रहरीमाथि ढुंगामुढा भई स्थिति तनावपूर्ण भएको थियो ।
प्रहरीले आफूमाथि ढुंगामुढा प्रहार भएपछि चार राउण्ड हवाइ फायर भएको छ । झडपमा एक दर्जन प्रहरी घाइते भएका छन् । थप सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
२०६२–६३ को जनआन्दोलनमा धम्बोजी चोकमा रहेको वीरेन्द्रको शालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको शालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएदै आएको छ ।