माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङले माओवादीको जस्तै कुरा गरेकाले जनताले भोट दिएको दाबी गरेका छन्।
Advertisement
काठमाडौंमा बुधबार पालिका चुनावमा निर्वाचित भएका आफ्नो पार्टीका जनप्रतिधिहरूलाई प्रशिक्षण दिँदै उनले यस्तो दाबी गरेका हुन्।
‘उनीहरूले माओवादीको जस्तो कुरा गरेका छन्। त्यसो भएर उनलाई जनताले मत दिएका हुन्,’ उनले भने, ‘हिजो हामीले जनतालाई जे भन्थ्यौं, जनताको सेवा गर्ने, जनतालाई धारो, पानी, फोहोर मैला व्यवस्थापन, शोषण, विभेद, अन्याय, अत्याचार हामीले भनेको हो। अहिले उनीहरूले पनि त्यही भनिरहेका छन्।’