सप्तरी- आफ्नै भाउजु २७ वर्षीया राज कुमारी साहलाई पेट्रोल छर्की आगो लगाई हत्या गरेको अभियोगमा बोदेबरसाईन नगरपालिका-१ धनगडी बस्ने प्रमेश्वर साहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
२०७८ माघ २१ गते बिहान भाउजुलाई पेट्रोल छर्की आगो लगाई हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटिएको प्रहरीले गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।