भारतीय अभिनेता अक्षय कुमार आफ्नो आगामी चलचित्र ‘सम्राट पृथ्वीराज’मा पृथ्वीराज चौहानको भूमिकामा देखिने छन्।
चलचित्रको प्रमोसनका क्रममा अक्षयले सुटिङका लागि ६ किलो तौलको भारी पोशाक लगाएको खुलासा गरेका थिए। यससँगै अभिनेताले आफ्नो पहिरन जति भारी भए पनि इतिहासमा वास्तविक योद्धाले यसभन्दा गह्रौं लुगा लगाउने गरेको बताए।
भारी पहिरन लगाउने सन्दर्भमा अक्षयले भने, ‘फिल्ममा मैले लगाएको लुगाको तौल करिब ५ देखि ६ किलो छ। यद्यपि इतिहासमा सम्राट पृथ्वीराज चौहान र शिवाजी महाराजजस्ता वास्तविक लडाकुहरूले झनै भारी पोशाक लगाउने गर्थे। जुन पहिले ३०-४० किलो हुन्थ्यो। यससँगै उनीहरूले भारी र ठूलो तरबार लिएर युद्ध गर्थे। उनीहरु वास्तविक योद्धा हुन् ।’
चलचित्रमा अक्षय कुमारसँगै मानुषी छिल्लर पनि मुख्य भूमिकामा छिन्। उनी पृथ्वीराज चौहानकी पत्नी संयुक्ताको भूमिकामा देखिनेछिन्। मानुषी पनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन्।
आदित्य चोपडाले निर्माण गरेको यो चलचित्रलाई डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्दैछन्। ‘सम्राट पृथ्वीराज’ ३ जुन २०२२ मा सिनेमाघरमा प्रर्दशन हुनेछ।