काठमाडौँ । आइतबार बिहानदेखि हराएरको तारा एयरको दुर्घटनाग्रत विमानमा एकै परिवारका सात जनाको मृत्यु भएको छ । धनुषाका एकै परिवारका सात जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मिथिला नगरपालिका ११, लोटाका एकै परिवारका सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राजनकुमार गोले र उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका छन् ।
मिथिला नगर प्रमुख महेन्द्र महतोले फेसबुकमार्फत् उक्त जानकारी दिएका हुन् । यो परिवार मुक्तिनाथ दर्शन गर्न जोमसोम जाँदै थिए ।
यस्तै, अर्का यात्रु गणेश नारायण श्रेष्ठको परिवारका चार जना परेका छन् । दुई छोरी अमेरिकाबाट आएसँगै मुक्तिनाथ घुम्न गएका गणेशको सव परिवार दुर्घटनामा परेको हो । दुर्घटनामा उनकी श्रीमती रवीना, छोरीहरू रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठको पनि मृत्यु भएको छ ।
आइतवार पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको थियो । दिनभर विमानको अवस्था पत्ता लगाउन खोजीकार्य जारी राखिए पनि सोमबार बिहानै फेला परेको हो ।
विमानमा ६ विदेशी नागरिकसहित १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए ।