काठमाडौं । तारा एयरको ट्विनअटर दुर्घटनामा परी मृत्यु भएका सबैको शव काठमाडौं ल्याइने भएको छ । दुर्घटनामा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको हो ।
आइतबार बिहान ९ः५५ मिनेटमा पोखराबाट जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको थियो । आज बिहान मात्रै दुर्घटना भएको जानकारी प्राप्त भएको हो ।
मुस्ताङको थासाङ गाउँपालिका २ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त स्थलमा कोवाङबाट हेलिकप्टरबाट नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
‘पैदलमार्गबाट करिब सय जना जति सुरक्षाकर्मी पनि घटनास्थल जाँदै गरेका छन् । शवको अवस्था पहिचान, सुरक्षित रहेका सामान संकलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।
जहाजमा आगो नलागेका कारण सबै शव पहिचान गर्न सक्ने अवस्थामा रहेको छ ।