आइतबार बिहानदेखि बेपत्ता तारा एयरको ट्विनअटर जहाज खोजीका लागि सोमबार बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ।
Advertisement
प्रहरी, सेना र सशस्त्र प्रहरीका टोलीलाई जहाज खोजीका लागि परिचालन गरिएको हो। पोखराबाट जोमसोमका लागि ९.५५ मा टेकअफ गरेको जहाज १०.०७ बजेदेखि बेपत्ता छ। उक्त जहाजले आठ मिनटपछि जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो।
सोमबार बिहानैदेखि सेनाको हेलिकोप्टर पनि जहाजको खोजीमा उडेको छ। जोमसोम आसपासका हिमाली भेगमा जहाजको खोजी केन्द्रित गरिएको प्रहरीले जनाएको छ।