काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने अर्थमन्त्रीले बताएका छन् । आइतबार अपरान्ह बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने बताएका हुन् ।
Advertisement
यस्तै, अर्थमन्त्री शर्माले बजेट भाषण गर्दै आगामी वर्ष करिब ८ लाख नेपाली नागरिकलाई गरिबी रेखाबाट हटाउने बताए । उनले देशमै उत्पादनमा जोड दिँदै गरिबी निवारण गर्ने बताए ।