संसदका दुवै सदनबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।
Advertisement
राष्ट्रियसभाबाट शुक्रबार नै नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको थियो। प्रतिनिधिसभाबाट पनि शनिबार बहुमतबाट पारित भएको हो।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि ६ जना सांसदले संशोधन प्रस्ताव राखेका थिए। उनीहरूको प्रस्ताव अस्वीकृत भएको छ। प्रतिनिधिसभाबाट व्यापक छलफलपछि नीति तथा कार्यक्रम पारित भएको हो।
नीति तथा कार्यक्रम पारित भएपछि आइतबार सरकारले आगामी आर्थिक वर्ष ०७९–८० को आय–व्यय विवरण (बजेट) ल्याउँदैछ। १५ जेठमा आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नैपर्ने संवैधानिक बाध्यता छ।