काठमाडौं- धनुषा गणेशमान चारनाथ नगरपालिका-६ गोदारस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका साइकलयात्री अन्दाजी ६० वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको फुल कुमारी मेमोरियल अस्पताल कर्जाहा हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
कास्की पोखरा महानगरपालिका-३२ मझुवास्थित सडकमा ना.७ ख २६८ नम्बरको बस र ग.८ प ५०४ नम्बरको स्कुटर शुक्रबार साँझ एकआपसमा ठक्कर खाँदा स्कुटर चालक सोही महानगरपालिका लामेआहाल बस्ने २० वर्षीय मनोज गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी बर्दिवास नगरपालिका-४ विश्वकर्मा चोकस्थित सडकमा ज.१० प ५०६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका पुरुषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शुभस्वस्थिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।