• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भौतिकवाद भर्सेस मौलिकता !

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल

यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

नदीमा डुबेर एक बालकको मृत्यु

बर्दियामा मोटरसाइकल दुर्घटनाः १६ वर्षीय युवकको मृत्यु

विश्वमा बढ्दो तापक्रमले तताएको बहस

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिस्पर्धी पराजित, सिंह- पराक्रम बढ्ने

  • २. राशिफल : कर्कट- आतिथ्य सत्कार, मीन- प्रतिस्पर्धामा विजय

  • ३. राशिफल : कर्कट- साथी बढ्ने, मीन- प्रशस्त लाभ

  • ४. झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • ५. राशिफल : वृश्‍चिक- विजय, मकर- आकस्मिक धनलाभ

  • ६. राशिफल : कन्या- व्यापारमा लाभ, कुम्भ- प्रशस्त फाइदा

  • ७. राशिफल : वृष- काम सम्पादन, सिंह- फल प्राप्ति

  • ८. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ९. एउटा खुट्टा गुमाएँ, तर मानवताको बाटोमा हिँड्न छोडिनँ : आकाश मल्लको प्रेरणादायी कथा

  • १०. उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

विश्‍व घटना : ५ वर्षपछि पेरिसमा बजे घण्टी !


    Avatar photo
आइतबार, कार्तिक २३, २०८३ मा प्रकाशित

काठमाडौं- आज ८ नोभेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १८९५- एक्सरे पत्ता लगाउने पहिलो व्यक्ति

जर्मनीका भौतिकशास्त्री विल्हेम कोनराड रोङ्टगेनले क्याथोड किरणमाथि काम गर्दै गर्दा त्रुटिवश पहिलोपटक एक्सरे देखेका थिए। सोही कारण एक्सरेलाई जानकारहरूले रोङ्टगेन किरण पनि भन्‍ने गरेका छन्। एक्सरे एक प्रकारको विद्युतीय चुम्बकीय विकिरण हो, जसको उपयोग आधुनिक चिकित्सा पद्दतिमा अत्यधिक हुने गर्छ। उक्त खोजीका लागि रोङ्टगेनलाई सन् १९०१ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।

– सन् १९२३- बियर हल पच

सन् १९२३ मा आजकै दिन जर्मनीका तानाशाह हिटलरले तत्कालीन सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गर्ने असफल प्रयास गरेका थिए। उनको नेतृत्वमा नाजी पार्टीले म्युनिखको बर्गरब्रौ केलरबाट आक्रोसित मार्च शुरु गरी बर्लिन पुगेर समापन गरेको थियो। सत्ता कब्जा गर्ने हिटलरको प्रयास अन्ततः असफल भयो। उनी समातिए र २ वर्षको कारावास सजाय पाए।

– सन् १९३९- हिटलरलाई ताकेर गोली प्रहार

जर्मनीका तानशाह हिटलरमाथि आजकै दिन गोली प्रहार भएको थियो। जर्मनीकै काठ मिस्त्री जोहान जर्ज एल्सरले हिटलरलाई ताकेर गोली हानेका थिए। तर, उनी बालबाल बचे। खासगरी, हिटलरको क्रुरता बढ्न थालेपछि उनको हत्या र सत्ता परिवर्तनको प्रयास थियो त्यो। हिटलरको नाजी पार्टीका उच्च पदस्थहरूको पनि हत्या प्रयास गरेका थिए, एल्सरले। उनी समातिए र ५ वर्षे कारावास सजाय पाए।

– सन् १९७१- थाइल्यान्डमा अर्को सैन्य ‘कु’

थाइल्यान्डमा सेनाका फिल्ड मार्सल थानोम किट्टिकाचोनले आफ्नै सरकारलाई अपदस्थ गरेका थिए। ‘कु’लगत्तै उनले संसद भंग गरेका थिए। संसद र देशको राजनीतिमा कम्युनिस्टहरूको बढ्दो प्रभाव रोक्न सैन्य ‘कु’ गर्नुपरेको उनको दाबी थियो।

– सन् १९७२- एचबीओ टीभीको प्रसारण आरम्भ

अमेरिकाको सबैभन्दा पुरानो सशुल्क टेलिभिजन च्यानल ‘होम बक्स अफिस’ (एचबीओ)को प्रसारण आजकै दिन शुरु भएको हो। ‘समटाइम्स अ ग्रेट नोसन’ उक्त टेलिभिजनको पहिलो कार्यक्रम थियो। उक्त कार्यक्रममा पल न्युम्यान र हेनरी फोन्डाको मुख्य अभिनय थियो।

– २०१६, १९६०, १९३२- ट्रम्प, केनेडी र रुजबेल्ट निर्वाचित

आजकै दिन सन् २०१६ मा डोनाल्ड ट्रम्प, १९६० मा जोन एफ केनेडी र १९३२ मा फ्र्यांकलिन डी रुजबेल्ट अमेरिकी राष्‍ट्रपति निर्वाचित भएको घोषणा गरिएको थियो।

– सन् २०१३- प्रचण्ड तुफानले लियो ८ हजारको ज्यान

सन् २०१३ मा आजकै दिन फिलिपिन्समा आएको तीव्र वेगको समुद्री तुफानले ८ हजारजनाको ज्यान लिएको थियो। उक्त तुफान फिलिपिन्सको इतिहासकै शक्तिशाली थियो। फिलिपिन्सका ४४ वटा प्रान्तका १ करोड ४० लाख मानिस त्यसबाट प्रभावित भएका थिए। लाखौं मानिसलाई घरबारविहीन बनाएको थियो।

– सन् २०१४- १० वर्षअघि नै युक्रेन युद्धको चेतावनी

तत्कालीन सोभियत संघका अन्तिम राष्‍ट्रपति मिखायल गोर्भाचेभले सन् २०१४ मै युक्रेनमा सम्भावित युद्धको चेतावनी दिएका थिए। युक्रेनमा अमेरिका र रुसको जारी तनावले विश्‍वमा नयाँ प्रकारको शीतयुद्धको शुरुवात गरेको उनको चेतावनी थियो।

– सन् २०१६- रातारात अवैध बने ५ सय र हजारका भारतीय नोट

सन् २०१६ मा आजकै दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चलनचल्तीमा रहेका ५०० र एक हजार दरका नोटहरूलाई अवैध घोषणा गरेका थिए। भ्रष्‍टाचारविरुद्धको लडाईं संज्ञा दिँदै बैंकिङ च्यानलभन्दा बाहिर रहेका नोटहरूलाई अवैध घोषणा गरिएको थियो। जसका कारण ५०० र हजारका ८६ प्रतिशत नोटहरू रातारात अवैध बनेका थिए।

– सन् २०१८- चीनमा भर्चुअल समाचार वाचक

सन् २०१८ मा आजकै दिन चीनमा भर्चुअल समाचार वाचक प्रयोगमा ल्याइएको थियो। सरकार नियन्त्रित समाचार एजेन्सीले त्यसको प्रयोग गरेको थियो। त्यसलाई चिनियाँ सर्च इन्जिन सोगोउले विकास गरेको थियो।

– सन् २०१८- इथियोपियामा भेटियो २०० जनाको चिहान

सन् २०१८ मा आजकै दिन इथियोपियामा २०० जनाको सामूहिक चिहान फेला परेको थियो। सोमालिर ओरोमिया इलाकामा उक्त चिहान फेला परेको थियो। तत्कालीन क्षेत्रीय राष्‍ट्रपति अब्दी मोहम्मदको अत्याचार सम्बन्धमा अनुसन्धानका क्रममा उक्त चिहान फेला परेको थियो।

– सन् २०१८- क्यालिफोर्निया आगलागीमा गयो ८८ को ज्यान

सन् २०१८ मा आजकै दिन अमेरिकाको क्यालिफोर्नियामा फैलिएको आगोमा परी ८८ जनाको मृत्यु भएको थियो। त्यो क्यालिफोर्नियाको इतिहासमै घातक आगलागी थियो। प्लुमास राष्‍ट्रीय वन परिसरमा गरिएको क्याम्प फायरबाट शुरु भएको आगो बट्टे काउन्टीमा फैलिएको थियो। शहरमा १३ हजारभन्दा बढी घर आगोमा ध्वस्त भएका थिए।

– सन् २०२४- ५ वर्षपछि पेरिसमा बजे घण्टी

सन् २०२४ मा आजकै दिन पेरिसको नोट्रे-ड्याम क्याथेड्रलका घण्टीहरू ५ वर्षपछि पहिलोपटक बजेका थिए। उक्त क्षेत्र सन् २०१९ मा आगलागीमा परी ध्वस्त भएको थियो। तीमध्ये एउटा घण्टी ओलम्पिक खेलको दौरान उपयोग गरिएको थियो।

आइतबार, कार्तिक २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भौतिकवाद भर्सेस मौलिकता !
जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल
यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित
नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल
दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

भर्खरै

  • १.
    भौतिकवाद भर्सेस मौलिकता !

  • २.
    जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल

  • ३.
    यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

  • ४.
    नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

  • ५.
    दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

  • ६.
    जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

  • ७.
    नदीमा डुबेर एक बालकको मृत्यु

  • ८.
    बर्दियामा मोटरसाइकल दुर्घटनाः १६ वर्षीय युवकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.