• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, कार्तिक १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

इथियोपियामा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु

जडीबुटी बेचेर चार करोड राजस्व सङ्कलन

मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

गृह मन्त्रालयद्वारा एन प्याब्सनका गतिविधि निलम्वित

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ३. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ६. राशिफल : मेष- स्वादिष्‍ट भोजन, कुम्भ- अवसरले पछ्याउने

  • ७. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • ८. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ९. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • १०. नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

इथियोपियामा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु


    Avatar photo
शुक्रबार, कार्तिक १४, २०८३ मा प्रकाशित

अदिस अबाबा- इथियोपियाको अम्हारा क्षेत्रमा विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा बिहीबार भएका चारवटा ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनाका तीन प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार आक्रमणमा गर्भवतीसमेत मारिएका छन् ।

नाम गोप्य राख्न अनुरोध गरेका एक प्रत्यक्षदर्शीका अनुसार शिविरमा एकपछि अर्को गरी चारवटा ड्रोन आक्रमण भएका थिए । उहाँका अनुसार शिविरमा १४ जनाको शव गाडिएको थियो भने उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको थियो ।

शिविरका अन्य दुई बासिन्दाले पनि बालबालिकासहित क्रमशः १४ र १५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनीहरूमध्ये एक जनाले शव गाड्न सहयोग गर्नुभएको थियो ।

अदिस अबाबाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा रहेको शिविरमा विद्यार्थीहरू विद्यालयबाट घर फर्किरहेका बेला आक्रमण भएको प्रत्यक्षदर्शी अहमदले बताउनुभयो । उहाँले आफ्नी बहिनीको मृत्यु भएको र शरीर टुक्राटुक्रा भएकाले शवसमेत फेला पार्न नसकेको बताउनुभयो ।

सशस्त्र द्वन्द्वसम्बन्धी तथ्याङ्क सङ्कलन तथा विश्लेषण गर्ने संस्था एकल्डले घटनामा १६ देखि २३ जनासम्म मारिएको र अज्ञात सङ्ख्यामा मानिस घाइते भएको जनाएको छ । संस्थाले मृतकमा बालबालिका परे–नपरेको भने खुलाएको छैन ।

संयुक्त राष्ट्रसङ्घले जुलाईमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार इथियोपियाको दोस्रो बढी जनसङ्ख्या भएको अम्हारा क्षेत्रमा दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन् । यस क्षेत्रमा सङ्घीय सेनाले बारम्बार ड्रोन आक्रमण गर्दै आएको छ र द्वन्द्वका कारण करिब पाँच लाख मानिस विस्थापित भएका छन् । घटनाबारे एएफपीले सोध्दा इथियोपियाली सङ्घीय सेनाका प्रवक्ताले तत्काल कुनै प्रतिक्रिया दिनुभएको छैन ।

प्रत्यक्षदर्शीका अनुसार शिविरमा आश्रय लिइरहेका विस्थापितहरू अम्हारासँगै जोडिएको र इथियोपियाको सबैभन्दा बढी जनसङ्ख्या भएको ओरोमिया क्षेत्रका हुन् । राजधानी अदिस अबाबाले आतङ्कवादी सङ्गठन घोषणा गरेको ओरोमो लिबरेसन आर्मी (ओएलए) ले आठ वर्षभन्दा बढी समयदेखि यस क्षेत्रमा सङ्घीय सेनाविरुद्ध सशस्त्र सङ्घर्ष गर्दै आएको छ ।

 

शुक्रबार, कार्तिक १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जडीबुटी बेचेर चार करोड राजस्व सङ्कलन
मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह
काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग
सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी
गृह मन्त्रालयद्वारा एन प्याब्सनका गतिविधि निलम्वित

भर्खरै

  • १.
    इथियोपियामा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु

  • २.
    जडीबुटी बेचेर चार करोड राजस्व सङ्कलन

  • ३.
    मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै

  • ४.
    मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

  • ५.
    काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

  • ६.
    सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

  • ७.
    गृह मन्त्रालयद्वारा एन प्याब्सनका गतिविधि निलम्वित

  • ८.
    साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.