• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, कार्तिक १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

इथियोपियामा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु

जडीबुटी बेचेर चार करोड राजस्व सङ्कलन

मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

गृह मन्त्रालयद्वारा एन प्याब्सनका गतिविधि निलम्वित

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ३. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ६. राशिफल : मेष- स्वादिष्‍ट भोजन, कुम्भ- अवसरले पछ्याउने

  • ७. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • ८. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ९. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • १०. नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै


    Avatar photo
शुक्रबार, कार्तिक १४, २०८३ मा प्रकाशित

मुस्ताङ- मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ ।

भारी हिमपात, हिमआँधी र हिमपहिरोसहित भारी जोखिम हुने प्रक्षेपण गरिएका सूचना प्रसारण भएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या कम हुँदै जान थालेको हो ।

जिल्ला प्रशासन कार्यालय, लोमान्थाङ गाउँपालिका र लोेघेकर दामोदरकुण्ड गाउँपालिकालगायतले बिहीबारदेखि शनिबारसम्म हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको उल्लेख गर्दै छुट्टाछुट्टै सार्वजनिक सूचना प्रेषित गरेसँगै मुस्ताङमा बुधबारदेखि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या क्रमशः कम हुँदै गएको हो ।

प्रशासन र स्थानीय निकायले मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार बिहीबारदेखि तीन दिनसम्म मौसम प्रतिकूल रहने सम्भावना रहेकाले सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै मुस्ताङका हिमाली तथा उच्चपहाडी क्षेत्रमा पदयात्रा नगर्न पर्यटक तथा सर्वसाधारणलाई सूचित गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार बिहीबारदेखि तीनदिनसम्म मौसम प्रतिकूल हुने सूचनाका कारण मुस्ताङमा पर्यटकको सङ्ख्या आंशिक रुपमा घट्दै गइरहेको बताउनुभयो ।

दसैँपछि दैनिक पाँच हजार पर्यटक मुस्ताङ भित्रिने गरेकोमा बुधबारदेखि पर्यटकको सङ्ख्या आधाले घटेको छ । बुुधबार बेनी–जोमसोम सडकमार्ग हुँदै दुई हजार ८३४ जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।

जसमध्ये दसैँ बिदामा घर गएका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय नागरिक मुस्ताङ कार्यक्षेत्र र जिल्ला फर्किएका हुन् । हिमपात हुने सूचनापछि बिहीबार म्याग्दी र मुस्ताङको सिमाना घाँसाबाट ७७९ वटा सवारीसाधन मुस्ताङ प्रवेश गरेका प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो ।

यसैगरी मुस्ताङबाट बुधबार मात्रै तीन हजार ३१२ जना पर्यटक थासाङ–३ स्थित इलाका प्रहरी कार्यालय लेतको चेकपोस्टबाट बाहिरिएका छन् । प्रहरी निरीक्षक महतले बुधबार ७९९ वटा सवारीसाधन मुस्ताङबाट बाहिरिएको बताउँनुभयो ।

उहाँका अनुसार दुईदिन अघि औसत पाँच हजार बढीले मुक्तिनाथको दर्शन गरेकामा बुधबार दुई हजार ४७९ जनामा सीमित रहेको छ । जसमध्ये स्वदेशी एक हजार ३००, सार्क राष्ट्रका एक हजार १५० र अन्य मुुलुकका पर्यटक २१ जना रहेको प्रहरी निरीक्षक महतको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको ‘पर्यटक परमिट चेकपोस्ट’ले पनि भारी वर्षा र हिमपातको जोखिम हुने सूचनाले मुस्ताङमा पर्यटकको आवागमन कम हुँदै गइरहेको जनाएको छ ।

यहाँस्थित एक्याप जोमसोमका प्रमुख राजेश गुप्तका अनुसार हिमपात र वर्षा हुने सूचना अघि मुस्ताङमा दैनिक एक हजार बढी विदेशी पर्यटक भित्रिने गरेकामा बिहीबार उक्त सङ्ख्यामा २५ प्रतिशतले कम पर्यटक भित्रिएको उल्लेख गर्नुभयो ।

एक्याप पर्यटक चेक पोस्टका अनसार पछिल्लो चारदिनमा तीन हजार ९६९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । २५ अक्टोबरमा ९९४ जना, २६ मा १०६० जना, २७ मा ९१६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा अक्टोबर २९ (हिजो) साँझ ६ बजेसम्म ६०१ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये १३० जना विदेशी पर्यटक जोमसोमबाट बाहिरिएको एक्याप प्रमुख गुप्तले जानकारी दिनुभयो । लोमान्थाङ्क गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बिहीबारदेखि भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले कोरलानाका र आसपासका क्षेत्रमा यात्रा नगर्न तथा सवारीसाधन नचलाउन सार्वजनिक अनुरोध गर्नुभएको छ ।

हिमपातका कारण सडकमा हिउँ जम्ने, सवारी दुर्घटना हुनसक्ने र चिसोका कारण स्वास्थ्यमा समस्या पर्नसक्ने भएकाले बिहीबारदेखि शनिबारसम्म मुस्ताङको उपल्लो क्षेत्रमा यात्रा नगर्न तथा यात्रामा रहेकाले उच्च सतर्कता अपनाउन अध्यक्ष गुरुङले सूचनामार्फत आग्रह गर्नुभएको छ ।

शुक्रबार, कार्तिक १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इथियोपियामा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु
जडीबुटी बेचेर चार करोड राजस्व सङ्कलन
मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह
काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग
सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी
गृह मन्त्रालयद्वारा एन प्याब्सनका गतिविधि निलम्वित

भर्खरै

  • १.
    इथियोपियामा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु

  • २.
    जडीबुटी बेचेर चार करोड राजस्व सङ्कलन

  • ३.
    मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै

  • ४.
    मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

  • ५.
    काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

  • ६.
    सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

  • ७.
    गृह मन्त्रालयद्वारा एन प्याब्सनका गतिविधि निलम्वित

  • ८.
    साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.