• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, कार्तिक १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दाङमा तिहारका लागि फूल तयार

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

मुस्ताङमा पथ प्रदर्शकको मृत्यु

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

नेप्से परिसूचक ३१ दशमलव ५४ अङ्कले बढ्यो

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ३. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ६. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • ९. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • १०. नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य


    Avatar photo
बिहिबार, कार्तिक १३, २०८३ मा प्रकाशित

फिलिपिन्स-  अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र संयुक्त रूपमा उत्पादन गर्न जापानमा संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् । दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य र प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम चालेका हुन् ।

जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँगको भेटपछि उक्त जानकारी दिनुभएको हो । ‘अपरेसन सुपरचार्ज’ अन्तर्गत उत्पादन हुने क्षेप्यास्त्र एफ–३५ लडाकू विमानका लागि आवश्यक रहेको उहाँले बताउनुभयो । यद्यपि, सम्झौताका विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

कोइजुमीले क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै जापान–अमेरिका गठबन्धनको प्रतिरोध तथा प्रतिक्रिया क्षमता थप बलियो बनाउन सहमति भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय कानूनमा आधारित स्वतन्त्र र खुला व्यवस्थाको महत्त्वमा पनि दुवै देशले जोड दिएको जानकारी दिनुभयो ।

अमेरिकी रक्षामन्त्री हेग्सेथले आसियानका रक्षामन्त्रीहरूसँगको बैठकमा एसियामा शान्ति र स्थिरता कायम राख्न सहयोग गर्ने ट्रम्प प्रशासनको प्रतिबद्धता दोहोर्‍याउनुभयो । उहाँले अमेरिकाले आफ्ना सहयोगी र साझेदारको सुरक्षा तथा हितको रक्षा गर्ने बताउनुभयो ।

अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले पनि अमेरिकालगायत सहयोगी राष्ट्रसँग मिलेर दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानून र समुद्री आवागमनको स्वतन्त्रता कायम राख्ने प्रयास जारी राख्ने बताउनुभयो । गत वर्ष चिनियाँ जे–१६ लडाकू विमान अस्ट्रेलियाको पी–८ पोसाइडन निगरानी विमानको नजिक आएर फ्लेयर छोडेको घटनापछि अस्ट्रेलियाले चासो व्यक्त गरेको थियो ।

दक्षिण चीन सागरमा फिलिपिन्स, भियतनाम, मलेसिया, ब्रुनाई र ताइवानका पनि क्षेत्रगत दाबी छन् । चीन र फिलिपिन्सका तटरक्षक तथा नौसेनाका जहाजबीच विवादित समुद्री क्षेत्रमा विभिन्न विषयलाई लिएर तनाव उत्पन्न हुँदै आएको छ । अमेरिकाले फिलिपिन्सका सैनिक, जहाज वा विमानमाथि सशस्त्र आक्रमण भएमा आफ्नो सन्धिगत प्रतिबद्धताअनुसार सहयोग गर्ने बताउँदै आएको छ ।

यसैगरी, जापान र चीनबीच पूर्वी चीन सागरका केही टापुलाई लिएर पनि विवाद छ । दुवै देशले समुद्री क्षेत्रमा आफ्नो अधिकार र गतिविधिसम्बन्धी विषयमा फरक धारणा राख्दै आएका छन् ।

बिहिबार, कार्तिक १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दाङमा तिहारका लागि फूल तयार
कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल
मुस्ताङमा पथ प्रदर्शकको मृत्यु
गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल
पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु
नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

भर्खरै

  • १.
    दाङमा तिहारका लागि फूल तयार

  • २.
    कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

  • ३.
    मुस्ताङमा पथ प्रदर्शकको मृत्यु

  • ४.
    गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

  • ५.
    पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

  • ६.
    नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

  • ७.
    नेप्से परिसूचक ३१ दशमलव ५४ अङ्कले बढ्यो

  • ८.
    मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.