• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, कार्तिक ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कालो चश्माको कमाल

विश्‍व घटना : अमेरिकामा ह्वात्तै घट्यो टिन स्मोकिङ

राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि

पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु

हात्ती मारेको अभियोगमा पक्राउ

लाइक, सेयर र असहिष्‍णुताको लोकतन्त्र

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

लोकप्रिय समाचार

  • १. झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

  • २. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

  • ४. सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री बजेटलाई लिएर असन्तुष्ट

  • ५. राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • ६. राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

  • ७. राशिफल : कन्या- उपहार प्राप्ति, मकर- सिर्जनामा रुचि

  • ८. राशिफल : सिंह- विजय, कन्या- यात्रा

  • ९. विश्‍व घटना : देश छाडेर भागे माडागास्करका राष्‍ट्रपति

  • १०. कञ्चनपुरमा १६ वर्षीय किशोरको अपहरण र ज्यान मार्ने उद्योग: पाँच जना पक्राउ, एक फरार

विश्‍व घटना : जब बिरुवाले आफैं खिच्यो सेल्फी


    Avatar photo
शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित

काठमाडौं- आज १६ अक्टोबर। विश्‍व इतिहासका विभिन्‍न परिघटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १९२३- वाल्ट डिस्‍ने कम्पनी स्थापना

अन्तर्राष्‍ट्रीय मनोरञ्‍जन उद्योगको अग्रणी कम्पनी वाल्ट डिस्‍नेको स्थापना आजकै दिन भएको हो। वाल्ट र रोय दाजुभाइले डिस्‍ने ब्रदर्स कार्टुन स्टुडियोको रूपमा यसको स्थापना गरेका थिए। यो कम्पनी आधुनिक संसारको कार्टुन र एनिमेटेड फिल्म र पात्रहरूको पर्यायवाची बनेको छ।

– सन् १९४५- एफएओको स्थापना

फुड एन्ड एग्रिकल्चर अर्गानाइजेसन (एफएओ) आजकै दिन स्थापना भएको हो। क्यानाडाको क्युबेक सिटीमा यसको स्थापना गरिएको थियो।

– सन् १९६४- पहिलो चिनियाँ परमाणु परीक्षण

चीनले आजकै दिन पहिलोपटक परमाणु परीक्षण गरेको थियो। ५९६ कोड नाम दिइएको २२ किलोटन युरेनियम बिखण्डन उपकरण लोप नुरमा गिराइएको थियो। त्यस परीक्षणपछि चीन संसारको पाँचौं परमाणु शक्ति सम्पन्‍न मुलुक बनेको थियो। त्यसअघि अमेरिका, रुस, बेलायत र फ्रान्सले परमाणु हतियार निर्माण गरेका थिए। इजरायलसँग पनि परमाणु हतियार रहेको मान्‍ने गरिएको छ। तर, हालसम्म त्यसलाई सार्वजनिक रूपमा इजरायलले स्वीकारेको छैन।

– सन् १९७८- सन् १५२३ यता पहिलो गैर इटालियनले जिते पोपको उपाधि

क्राकोका आर्कबिसप करोल जोसेफ वोज्तिलाले सन् १५२३ यता गैर इटाली नागरिकले पोपको उपाधि जित्‍ने पहिलो व्यक्तिको कीर्तिमान राखे। पूर्ववर्ती पोल जोन पल प्रथमको कार्यालयमा बहाली गरेको ३३ दिनपछि नै उनको निधन भएको थियो। उनको निधनपछि पोप जोन पल द्वितीय उक्त कुर्सीमा बसे। र, ३१ वर्षसम्म निरन्तर पदमा रहे।

– सन् १९८६- ८ हजारमाथिका सबै हिमाल आरोहण गर्ने पहिलो व्यक्ति

इटालीका पर्वतारोही रेनहोल्ड मेस्‍नरले आजकै दिन ८ हजारमाथिका सबै १४ वटा हिमाल आरोहण गर्ने पहिलो व्यक्तिको कीर्तिमान कायम गरेका थिए। उनले आज नेपालको ल्होत्से हिमाल आरोहण गरेर ८ हजार मिटरमाथिका सबै हिमालको आरोहण सम्पन्‍न गरेका थिए। ल्होत्से विश्‍वको चौथो अग्लो हिमाल हो।

– सन् २०१७- न्युट्रोन ताराको टकरावबाट उत्पन्‍न हुन्छन् सुनजस्ता धातु

न्युट्रोन ताराहरू आपसमा ठोक्किँदा सुनजस्ता धातुहरू उत्पन्‍न हुने निष्‍कर्ष सन् २०१७ मा गरिएको अध्ययनबाट निस्किएको थियो। उक्त वर्ष न्युट्रोन ताराहरू आपसमा ठोक्किएको पहिलो ब्रह्माण्डीय घटना रेकर्ड भएको थियो। र, त्यसको शोधबाट उक्त निष्‍कर्ष निस्किएको थियो।

– सन् २०१९- बिरुवाबाट खिचियो पहिलो सेल्फी

सन् २०१९ मा आजकै दिन बेलायतको राजधानी लन्डनमा बिरुवाबाट बाहिरी संसार कस्तो देखिन्छ भन्‍ने प्रयोगस्वरूप सेल्फी खिच्‍न सफलता मिलेको थियो। लन्डन चिडियाखानामा अवस्थित एक बिरुवाको माइक्रोबायल इन्धन सेल्सको उपयोग गर्दै उक्त सेल्फी खिचिएको थियो। उक्त प्लान्टको नाम ‘पिट द फर्न’ दिइएको छ।

– सन् २०२२- नाइजेरियाको बाढीमा मारिए ६००

सन् २०२२ मा आजकै दिन अफ्रिकी मुलुक नाइजेरियामा आएको बाढीमा परी ६०० जनाभन्दा बढीको मृत्यु भएको थियो। बाढीमा परी १३ लाख मानिस घरबारविहीन भएका थिए।

– सन् २०२३- सुक्यो अमेजनको सहायक नदी निग्रो

विश्‍वकै फोक्सो उपनाम पाएको अमेजन वन क्षेत्रमा अवस्थित संसारकै ठूलो अमेजन नदीको सहायक नदी निग्रोमा सन् २०२३ मा इतिहासकै सर्वाधिक कम जल सतह मापन गरिएको थियो। त्यसबाट अमेजन वर्षा वन इतिहासकै कठिन खडेरीमा रहेको पुष्‍टि भएको थियो।

– सन् २०२५- क्यारेबियन सागरमा अमेरिकाको छैटौं आक्रमण

सन् २०२५ मा आजकै दिन क्यारेबियन सागरमा अमेरिकाले छैटौंपटक आक्रमण गरेको थियो। ड्रगको अवैध ओसारपसारमा संलग्‍न पानीजहाजलाई लक्षित गर्दै गरिएको उक्त आक्रमणमा बाँचेका दुईजनालाई उनीहरूकै देश इक्‍वेडोर र कोलम्बिया पठाइएको थियो।

शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कालो चश्माको कमाल
विश्‍व घटना : अमेरिकामा ह्वात्तै घट्यो टिन स्मोकिङ
राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि
पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु
हात्ती मारेको अभियोगमा पक्राउ
लाइक, सेयर र असहिष्‍णुताको लोकतन्त्र

भर्खरै

  • १.
    झटारो : कालो चश्माको कमाल

  • २.
    विश्‍व घटना : अमेरिकामा ह्वात्तै घट्यो टिन स्मोकिङ

  • ३.
    राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि

  • ४.
    पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु

  • ५.
    हात्ती मारेको अभियोगमा पक्राउ

  • ६.
    लाइक, सेयर र असहिष्‍णुताको लोकतन्त्र

  • ७.
    बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

  • ८.
    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.