• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, असोज २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : एउटै कलाकृतिको मूल्य २ करोड ५४ लाख डलर

राशिफल : सिंह- विजय, कन्या- यात्रा

खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको मृत्यु

दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग

  • २. राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • ३. राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

  • ४. झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

  • ५. राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

  • ६. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ७. राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • ८. सुदूरपश्चिममा बजेट शून्यता कायमै, अध्यादेशको तयारी नगर्न कांग्रेसको चेतावनी

  • ९. बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

  • १०. विश्‍व घटना : कश्मीर भूकम्पमा गयो ८६ हजारको ज्यान

विश्‍व घटना : एउटै कलाकृतिको मूल्य २ करोड ५४ लाख डलर


    Avatar photo
बुधबार, असोज २८, २०८३ मा प्रकाशित

काठमाडौं- आज १४ अक्टोबर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १९१३- सेनघेनिडमा मारिए ४४० मजदुर

ब्रिटेन मातहतको स्वायत्त राज्य वेल्सको सेनघेनिडमा भएको खानी विष्‍फोट इतिहासमा रेकर्ड गरिएको सबैभन्दा खराब खानी विपदमध्ये एक मानिन्छ। सेनघेनिडस्थित कोइला खानीमा आजकै दिन भएको विष्‍फोटमा परी ४४० जना मारिएका थिए।

– सन् १९४७- ध्वनिभन्दा छिटो उड्ने पहिलो मानिस

अमेरिकी वायु सेनाका परीक्षण पाइलट चुक येजरले ध्वनिभन्दा छिटो गतिमा उड्ने पहिलो मानिसको कीर्तिमान बनाएका थिए। उनले ४५ हजार फिटको उचाइमा म्याक-१.०७ मा बेल एक्स-१ जहाज उडाएका थिए। र, ध्वनिको गतिभन्दा तीव्र गतिमा उक्त जहाज उडाएर कीर्तिमान राखेका थिए।

– सन् १९८४- एटलान्टिकमा सोलो ग्यास बेलुन उडान

एटलान्टिक महासागरमा ग्यास बेलुनको सोलो उडान गरेर पार गर्ने पहिलो व्यक्ति बनेका थिए, जोसेफ किटिंगर। त्यसलाई उनले ‘बेलुन अफ पिस’ नाम दिएका थिए। अमेरिकी सशस्त्र बलका सदस्य उनले १६ अगस्ट १९६० मा १ लाख २ हजार ८०० फिटको उचाइबाट छलाङ मारेका थिए। त्यति उचाइबाट जम्प गर्ने उनी नै पहिलो व्यक्ति पनि हुन्।

– सन् १९९४- रबिन, पेरेज र अराफातलाई नोबेल पुरस्कार

इजरायली प्रधानमन्त्री इत्ज्याक रबिन र विदेशमन्त्री सिमोन पेरेज तथा प्यालेस्टिनी राष्‍ट्रीय प्राधिकरणका अध्यक्ष यासेर अराफातलाई एकसाथ नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। इजरायल र प्यालेस्टिनी मुक्ति संगठन (पीएलओ)बीच सम्झौताको शृंखला, ओस्लो सम्झौतामा उनीहरूको प्रयास र कामका लागि दुवै पक्षलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। ओस्लो सम्झौतामार्फत प्यालेस्टिनी प्राधिकरणको गठन भएको थियो।

– सन् २०१७- मोगादिसुमा मारिए ३००

सन् २०१७ मा आजकै दिन सोमालियाको राजधानी मोगादिसुमा आतंकवादी आक्रमणमा परी ३०० जनाको ज्यान गएको थियो। आतंकवादीहरूले ट्रकमा गराएको विष्‍फोटमा परी सयौं घाइते भएका थिए।

– सन् २०२१- एउटै कलाकृतिको मूल्य २ करोड ५४ लाख डलर

सन् २०२१ मा आजकै दिन ब्याक्स्कीको कलाकृति ‘लभ इन द बिन’ २ करोड ५४ लाख अमेरिकी डलरमा बिक्री भएको थियो।

– सन् २०२४- सबैभन्दा ठूलो प्राइम नम्बरको आविष्‍कार

सन् २०२४ मा हालसम्मकै ठूलो प्राइम नम्बर आजकै दिन घोषणा गरिएको थियो। प्रोग्रामर ल्युक डुरन्टले ग्रेट इन्टरनेट मर्सेन प्राइम सर्चमार्फत प्राइम नम्बर ‘२^१३६२७९८४१-१’ पत्ता लगाएका थिए।

– सन् २०२५- माडागास्करमा सैन्य ‘कु’

सन् २०२५ मा आजकै दिन हिन्द महासागरको टापु मुलुक माडागास्करको सेनाले सत्ता हत्याएको थियो। राष्‍ट्रपति एन्ड्री रजोलिनाले देश छाडेर भागेपछि सेनाले सत्ता हातमा लिएको थियो। जेन-जेड पुस्ताको केही साता लामो सरकारविरोधी प्रदर्शनपछि उनी ज्यान जोगाउन देश छाडेर भागेका थिए।

– सन् २०२५- अन्तर्राष्‍ट्रीय जलमा अमेरिकाको पाँचौं आक्रमण

सन् २०२५ मा आजकै दिन अमेरिकाले अन्तर्राष्‍ट्रीय जलमा पाँचौंपटक घातक हवाई आक्रमण गरेको थियो। ड्रगको अवैध ओसारपसारमा संलग्‍न पानीजहाजमा अमेरिकी सेनाले गरेको आक्रमणमा परी ६ जना मारिएका थिए। क्यारिबियन सागरमा उक्त आक्रमण गरिएको थियो।

बुधबार, असोज २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राशिफल : सिंह- विजय, कन्या- यात्रा
खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको मृत्यु
दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : एउटै कलाकृतिको मूल्य २ करोड ५४ लाख डलर

  • ३.
    राशिफल : सिंह- विजय, कन्या- यात्रा

  • ४.
    खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको मृत्यु

  • ५.
    दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

  • ६.
    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • ७.
    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

  • ८.
    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.