• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, असोज २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : एउटै कलाकृतिको मूल्य २ करोड ५४ लाख डलर

राशिफल : सिंह- विजय, कन्या- यात्रा

खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको मृत्यु

दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग

  • २. राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • ३. राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

  • ४. झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

  • ५. राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

  • ६. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ७. राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • ८. सुदूरपश्चिममा बजेट शून्यता कायमै, अध्यादेशको तयारी नगर्न कांग्रेसको चेतावनी

  • ९. बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

  • १०. विश्‍व घटना : कश्मीर भूकम्पमा गयो ८६ हजारको ज्यान

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम


    Avatar photo
सोमबार, असोज २६, २०८३ मा प्रकाशित

चितवन- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताउनुभएको छ । चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नुपरेकाले समयसापेक्ष संशोधन गरिने बताउनुभयो ।

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भन्नुभयो, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ ।” देशमा कसरी लगानीमैत्री वातावरण बनाउने भन्ने सन्दर्भमा आफूहरूले निरन्तर प्रयासरत रहेको उहाँले प्रष्ट पार्नुभयो ।

त्यसका लागि आवश्यक पर्ने पूर्वतयारीहरू सरकारले गरिरहेको मन्त्री गौतमले बताउनुभयो । हालै मात्र लगानीमैत्री कानुनहरूमा केके सुधार गर्नुपर्छ ? भनेर बृहत् कार्यशाला गरिसकिएको उहाँले जानकारी दिनुभयो । लगानीमैत्री कानुन निर्माणका लागि नीति निर्माता, कर्मचारी तन्त्र, निजी क्षेत्र, राजनीतिक क्षेत्र सबै एकै ठाउँमा हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कानुन निर्माण गर्ने विषय रातारात नहुने भन्दै मन्त्री गौतमले भन्नुभयो, “अहिलेसम्म तपाईंहरूले भोग्नुभएको समस्या वर्षौंदेखि जेलिँदै आएका समस्या हुन् । सुधारमुखी कुराहरू देखिनका लागि कानुनको संसोधन गर्नुपर्‍यो । संसोधनको चरणमा बल्ल हामी पुगेका छौँ ।”

बिना तयारी कानुन संसोधन भयो भने त्यसको मूल्य नेपाली जनताले तिर्नुपर्ने भन्दै उहाँले थप्नुभयो, “थोरै ढिला भएर केही हुँदैन । दीर्घकालीन रूपमा समस्या समाधान हुने गरी पूर्वतयारी गरेर छलफल र संवाद गरिरहेका छौँ ।” ‘फाष्टट्रयाक’बाट कानुन निर्माण गर्न पनि छदेखि आठ महिना लाग्ने भन्दै उहाँले अब कानुन निर्माणको चरणमा पुगेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो । सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष शोभा गुरुङले भोटेकोशी बाढीमा प्रभावित भएका उद्योग पुनःस्थापनाका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति मिनिमाधव खनाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका अध्यक्ष कमल पाठक, नेपाल उद्योग परिसङ्घका कार्यवहाक अध्यक्ष भिम घिमिरे, चितवन उद्योग सङ्घका गभर्निङ काउन्सिलिङ अध्यक्ष राजु पौडेल, उद्योग सङ्घ चितवनका अध्यक्ष मदन घिमिरेलगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

सोमबार, असोज २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : एउटै कलाकृतिको मूल्य २ करोड ५४ लाख डलर
राशिफल : सिंह- विजय, कन्या- यात्रा
खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको मृत्यु
दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : एउटै कलाकृतिको मूल्य २ करोड ५४ लाख डलर

  • ३.
    राशिफल : सिंह- विजय, कन्या- यात्रा

  • ४.
    खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको मृत्यु

  • ५.
    दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

  • ६.
    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • ७.
    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

  • ८.
    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.