काठमाडौं महानगरको मेयरमा बालेन्द्र शाह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ।
Advertisement
सबै मतगणना गरिसक्नैपर्ने प्राविधिक कारणबाट मात्र उनीहरूको जित घोषणा हुन नसकेको हो।
हालसम्म बालेनले ५५ हजार ७७७ मत प्राप्त गरिसकेका छन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ मत पाएकी छन्। तेस्रो स्थानमा पछ्याइरहेका एमालेका केशव स्थापितले ३४ हजार ३२६ मत पाएका छन्।
यस्तै, उपमेयर उम्मेदवार डंगोलले ५३ हजार ६४२ मत पाइसकेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ७६५ मत पाएका छन्।