• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, असोज २१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

युक्रेनमा रुसी हमलामा आठ जनाको मृत्यु

पूर्व प्रथम महिला राजापाक्ष पक्राउ

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : कर्कट- विजय, मीन- मनग्य फाइदा

  • ३. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ४. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ५. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ६. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धन लाभ

  • ८. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ९. विश्‍व घटना : संसारकै महँगो रक्सी, मूल्य ११ लाख डलर

  • १०. विश्‍व घटना : ८० हजार वर्षपछि देखियो पुछ्रेतारा !

वनमन्त्री चौधरी र विश्व वन्यजन्तु कोषका प्रतिनिधिबीच छलफल


    Avatar photo
मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित

काठमाडौँ- कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष अमेरिकाका प्रतिनिधि र नेपालका प्रतिनिधिबीच आज मन्त्रालयमा छलफल गरिएको छ ।

मन्त्रालयमा आज भएको भेटघाट तथा छलफलमा नेपालको पछिल्लो बाढी तथा विपद्, पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा विश्व वन्यजन्तु कोष अमेरिकाका प्रमुख कार्यकारी अधिकृत लोरेन मेयोरले विपद्को समयमा नेपाली जनता तथा सरकारसँग कोषको निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो ।

अन्तरराष्ट्रिय प्रविधि, ज्ञान र स्रोत परिचालनमा कोषले सहयोग गर्ने प्रतिबद्धता समेत लोरेनले छलफलमा व्यक्त गर्नुभएको थियो ।

मन्त्री चौधरीले विपद्को समयमा कोषले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बाढीबाट कृषि भूमि तथा वन क्षेत्रमा भएको क्षति र पुनर्निर्माणका चुनौतीबारे जानकारी दिनुभएको थियो ।

उहाँले पुनर्निर्माणसँगै दीर्घकालीन जलवायु तथा विपद् उत्थानशीलता विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

छलफलमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको विषयमा विशेष ध्यान दिइएको थियो ।

बाघको सङ्ख्या वृद्धि भएसँगै मानव–बाघ द्वन्द्व तथा जङ्गली हात्तीको समस्या र ५५ जिल्लामा देखिएको बाँदरको समस्या समाधानका लागि आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको मन्त्री चौधरीले अवगत गराउनुभएको थियो ।

बाँदर व्यवस्थापनका लागि बध्याकरण प्रविधि, हात्ती व्यवस्थापनका लागि विशेष परियोजना तथा मानवभक्षी बाघ व्यवस्थापनका लागि विशेष संरक्षण क्षेत्र स्थापना गर्ने सम्भावनाबारे छलफल भएको थियो ।

कोषले पाकिस्तानले सन् २०२२ को बाढीपछि पाकिस्तानमा सञ्चालन गरिएका सिमसार पुनःस्थापना, प्रकृतिमा आधारित उत्थानशीलता र समुदायको संरक्षणसम्बन्धी अनुभव प्रस्तुत गर्दै नेपालमा पनि स्थानीय आवश्यकताअनुरूप कार्यक्रम विकास गर्न सकिने बताउनुभयो ।

मानव–हात्ती द्वन्द्व व्यवस्थापनका लागि जिइएफ–९ लगायतका अन्तरराष्ट्रिय वातावरणीय तथा जलवायु वित्त परिचालन गर्न सकिने सम्भावनाबारे छलफल भयो ।

कोषले नेपालका प्राथमिकताअनुसार विश्वस्तरीय प्रविधि, ज्ञान र स्रोत परिचालनमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

भेटमा प्रकृति संरक्षण, समुदायको उत्थानशीलता र दिगो आर्थिक विकासलाई एकीकृत गर्दै आगामी सहकार्यलाई थप परिणाममुखी बनाउने विषयमा दुवै पक्षबीच सहमति भएको छ ।

मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

युक्रेनमा रुसी हमलामा आठ जनाको मृत्यु
पूर्व प्रथम महिला राजापाक्ष पक्राउ
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु
कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार
रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

भर्खरै

  • १.
    युक्रेनमा रुसी हमलामा आठ जनाको मृत्यु

  • २.
    पूर्व प्रथम महिला राजापाक्ष पक्राउ

  • ३.
    नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु

  • ४.
    कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

  • ५.
    रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता

  • ६.
    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

  • ७.
    सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

  • ८.
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.