काठमाडौं- अधिकांश ठाउँमा नवनिर्वाचित जनप्रतिनिधि विजय जुलुससहित पालिका चुनावमा जितको खुशी मनाइरहँदा धरानका नवनिर्वाचित मेयर हर्कराज साम्पाङ भने खानेपानीका मुहान सफाइ गरिरहेको भेटिए।
Advertisement
अरू उम्मेदवार विजय जुलुसमा रहँदा उनी भने फिल्डमा खटिएका छन्।
साम्पाङले नगरको खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे जानकारी लिए। उनी मुहानमा रहेका संरचनाको कमजोरी सच्याउन र सरसफाइका लागि निर्देशन दिँदै आफैं पनि सरसफाइमा सहभागी भए।
धरानको खानेपानी समस्या समाधान गर्नु आफ्नो पहिलो उद्देश्य रहेको उनले प्रतिबद्धता जनाइसकेका छन्। धरानको खानेपानीलाई नै उनले वर्षौंदेखि उठाउँदै आएका छन्। धरानमा पानी अभाव लामो समयदेखि नसुल्झिएको समस्या हो।