नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त भएका छन्।
Advertisement
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीबीचको विवाद अन्त्य नभएकाले किरण चेम्जोङसहित ती खेलाडी बिना नै राष्ट्रिय टोलीको घोषणा भएपछि नवयुग श्रेष्ठ नयाँ कप्तान तोकिएका हुन्।
जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म कुवेतमा हुने एशियन कप छनौट खेल्न नवयुग श्रेष्ठको नवकप्तानीमा आज टोली कतान जान लागेको छ।
नेपालले समूह ए अन्तर्गत आफू भन्दा निकै बलिया टोली कुवेत, जोर्डन र इन्डोनेशियासँग प्रतिस्पर्धा गर्नेछ। कुवेत जानुअघि राष्ट्रिय टोलीले करिब ११ दिन कतारमा अन्तिम तयारी गर्नेछ।
नेपालले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र जेठ ३१ गते इन्डोनेशियासँग प्रतिस्पर्धा गर्दैछ।
हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली २०२३ मा चीनमा आयोजना हुने एशियन कपमा छनौट हुनेछन्।