काठमाडौँ । काठमाडौं महानगरमा अब २२ हजार ५६४ मत गन्न बाँकी रहेको छ । गन्ने मत कम हुँदै जाँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै गएका छन् ।
Advertisement
साह ५४ हजार ७१८ मत प्राप्त पाउँदै पहिलो स्थानमा रहेका छन् । उनका प्रतिस्पर्धी सिर्जना सिंह ३४ हजार ६०८ मत ल्याएर पछ्याइरहेकी छन् । अरु प्रतिस्पर्धीभन्दा २० हजार मतले अगाडि रहेका साह जित नजिक पुगेका छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३३ हजार ९७५ मतका साथ तेस्रो स्थानमा छन् । अहिले मत गणना जारी छ ।